होण्डाले ल्यायो ‘ग्रेजियाको बीएसभीआई’ मोडल

लोकपथ
273
Shares

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि लिमिटेडले आजदेखि नेपाली बजारमा होण्डा GRAZIA को BSVI मोडललाई लन्च गरेको छ ।

आकर्षक र स्टाईलिस लुक रहेको यस १२५ सिसि नयाँ BSVI मोडलमा व्यवहारिक फिचरहरु थप गरी पूर्णरुपमा रि–डिफाइन गरिएको छ । १५५ एमएम देखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध रहेको छ । यस फिचर अन्तर्गत तपाईंहरुले स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न सकिनेछ।

होण्डाको PGM- FI  (प्रोग्राम फ्यूल इन्जेक्टर) टेक्नोलोजीे प्रयोग भएका कारण यस स्कुटरमा बढी माइलेज र पावर रहेको कम्पनीले जानकारी दिएको छ । GRAZIA को यस नयाँ BSVI DLX  मोडलमा जाम भएको समयमा इन्धनको बचत गर्नको लागि Idiling Stop क्तयउ रहेको छ भने नयाँ BSVI STD मोडलमा इन्जिन Start/Stop Switch रहेको छ । यसका साथै यस स्कुटरमा साइड स्ट्याण्ड इन्जिन अफ फिचर, ACG सहितको साइलेन्ट स्टार्ट, ESP टेक्नोलोजीको साथ HET इन्जिन जस्ता अन्य विभिन्न उपयोगी विशेषताहरु रहेको छ ।

नेपाली बजारमा Grazia BSVI DRS मोडलको मूल्य २,६९,९०० रहेको र Grazia BSVI DSS मोडलको मूल्य रु.२,८९,९०० रहेको स्याकार ट्रेडिङ्ग कम्पनि लिमिटेडलेविज्ञप्तीमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?