१० महिनाअघि महिला बलात्कृत, शिशु जन्माएपछि बाहिरियो घटना

लोकपथ
2.6k
Shares

काठमाडौं । पाल्पाको तानसेन नगरपालिकाकी एउटी अविवाहित महिलाले सन्तान जन्माएपछि १० महिनाअघि उनी बलात्कृत भएको तथ्य प्रकाशमा आएको छ ।

अविवाहित रहेकै अवस्थामा उनले असार ३० गते छोरीलाई जन्म दिएकी थिइन् । तर नवजात शिशु बिरामी भइ उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा उनको निधन भएपछि घटना बाहिरिएको हो ।

पाल्पाका प्रहरी प्रवक्ता रामेश्वर त्वातीका अनुसार ती महिलालाई तानसेन नगरपालिकाकै ४४ वर्षीय अजुर्न विकले बलात्कार गरेका थिए । बलात्कृत महिलाले गर्भधारण गरे पनि लामो समय घटना प्रकाशमा आउन सकेको थिएन ।

बलात्कृत महिलाले सोमवार जाहेरी दिएपछि विकलाई नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाइएको प्रवक्ता त्वातीले जानकारी दिए ।

सोधखोजपछि उनले १० महिनाअघि आफू बलात्कृत भएको खुलासा गरेपछि प्रहरीले बलात्कार आरोपितलाई नियन्त्रणमा लिएर कानुनी कारवाही सुरु गरेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?