काठमाडौं, १७ चैत । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा घेराउ गर्न गएका अधिकारकर्मी कृष्ण पहाडीसहित ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।नयाँ सरकार गठनसँगै टीकापुर लगायतका घटनामा आरोपीहरुको मुद्दा फिर्ता लिने र आमामाफी दिन खोजिएको भन्दै मानवअधिकार तथा शान्ति समाजले धर्ना बालुवाटार घेराउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया