सेयर बजारः नेप्से परिसूचक ५१ अंकले बढ्यो

काठमाडौं, १७ चैत । साता बजारमा नेप्से परिसूचक ५१.७४ अंकले बढेको छ । साताको पहिलो दिन ११६८ दशमलव ५५ अंकमा खुलेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबार १२२०.२९ अंकमा बढेको हो ।गत साताको तुलनामा सेयर कारोबार रकम यस साता ९.८५ प्रतिशतले बढेको छ ।सेयर बजारमा सबैभन्दा बढी सेयर कारोबार हुने ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स् पहिलो दिनको तुलनामा ११.२३ अंकले बढेर २६०.८८ अंकमा आईपुगेको छ ।सातामा बीमा सबैभन्दा बढी २६८ दशमलव ८० अंकले बढ्दा बाणिज्य बैंक ५१ दशमलव ९२ अंक, होटल ११५ दशमलव ३७ अंक, बढेको छ । कारोबारमा आएका १० उप समूहमध्ये सबैभन्दा कम वित्त समूह २.२८ अंक मात्रले बढ्दा व्यापार उप समूहमा भने १० दशमलव ७३ अंकको गिरावट देखिएको छ ।यस साता नेपाल स्टक एक्सचेन्जमा १८० कम्पनीहरुको ५८ लाख ९५ हजार ३० कित्ता सेयर एक अर्ब ८८ करोड ९९ लाख ७९ हजार रुपैयाँ बराबरका खरिद बिक्री भएका छन् । गत साता १७३ कम्पनीको ४६ लाख दुई हजार छ सय ३० कित्ता सेयर एक अर्ब ७२ करोड पाँच लाख २८ हजार रुपैयाँमा कारोबार भएको थियो ।चार दिन खुला रहेको नेपाल स्टक एक्सचेन्जको कारोबार कक्षमा यस साता नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार संख्या र कारोबार रकम दुबैमा अग्रस्थानमा रह्यो । नेपाल लाईफको २ हजार १७० वटा कारोबारबाट सबैभन्दा बढी १९ करोड ४४ लाख १० हजार रुपैयाँको सेयर खरिद विक्री भएका छन् ।दोस्रो ठूलो कारोबार भएको नबिल बैंकको आठ करोड एक लाख, नेपाल बैंकको ७ करोड ६३ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको ७ करोड २ लाख तथा एभरेष्ट बैंकको ५ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार गर्दे शिर्ष कारोबार हुने पाँच कम्पनीभित्र समेटिएको नेप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?