काठमाडौं । स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट भौतिक उपस्थितिमा सुरु गरिने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले सीसीएमसी ले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा गर्न अनुमति दिएको जानकारी दिँदै साउनको अन्तिमबाट परीक्षा सुरु गर्ने योजना रहेको बताए।
परीक्षामा ‘होमसेन्टर’ कायम गर्ने या नगर्ने, परीक्षा केन्द्र थप लगायतको परीक्षाको नीतिगत विषयमा भने आफूहरू छिटै टुङ्गोमा पुग्ने जानकारी उनले दिए। एक विद्यार्थीको अर्को विद्यालयमा परीक्षा लिन जान अझै सम्भव नदेखिएकाले होम सेन्टर हुन सक्ने सम्भावना रहेको छ ।
बोर्डले यसपटक एक सय पूर्णाङ्ककै परीक्षा सञ्चालन गर्ने भएको छ । अब एक–दुई दिनभित्रै बोर्डको बैठक बसेर परीक्षाका बारेमा कार्यतालिका सार्वजनिक गर्ने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया