फेरी ओरालो लाग्यो शेयर बजार

लोकपथ
0
Shares

काठमाडौं । केहि दिन उकालो लागेको शेयर बजारमा आज कारोबारको तेस्रो दिन (मंगलवार) नेप्से परिसुचक ९.०१ अंकले घटेर २९८५.५७ बिन्दुमा रोकिएको छ ।

कारोबारमा आएका २१९ ओटा कम्पनीको ८४ हजार ४६८ पटकको कारोबारमा ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयरको ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २ सय ९६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

साताको दोस्रो दिन सोमवार कारोबारमा आएका २१९ ओटा कम्पनीको १ लाख ७ हजार ७९७ पटकको कारोबारमा ३ करोड ७५ लाख १ हजार ३५४ कित्ता शेयरको ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६ सय ७ रुपैयाँ बराबरको कारोबार गरेका थिए ।

आजका दिन धेरै समूहहरूको उपसूचकहरू नकारात्मक छन् भने केहिको साकारात्मक देखिए।

लक्ष्मी उन्नत कोसको सबैभन्दा बढी १० प्रतिशतको वृद्धि भएको छ । आइसीएफसी फाइनस लिमिटेड डिभेन्चर २०८३ को ६.१७ प्रतिशतले घटको छ।

अरुण काबेली पावरको शेयरले सबैभन्दा धेरै लगभग ३८ अर्वको कारोबार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?