‘नेपाल आइडल’ फेरि सुरु हुने

RSS
572
Shares

काठमाडौं । चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को नयाँ सिजन फेरि सुरु हुने भएको छ । शोका निर्देशक सुरेश पौडेलले शोको नयाँ सिजन छिट्टै सुरु हुने जानकारी दिए ।

‘फ्रेन्चाइजको लागि हामीसँग ३ वर्षको मात्र अनुमति थियो । अहिले फेरि नयाँ सिजका लागि मौखिक अनुमति मिलेको छ । लिखित प्राप्त हुनासाथ शो सुरु हुन्छ’, पौडेलले थपे, ‘आशा गरौ छिट्टै हुनेछ ।’

अब सुरु हुने सिजनमा जज भने फेरिनेछन् । यस अगाडि शोमा देखिदै आएका जजले अन्य शोमा काम गर्न थलिसकेकोले जज फेरिने भएका हुन् । नयाँ जज भएपनि नेपाली सांगीतिक क्षेत्रका स्थापित व्यक्तिहरू नै रहने निर्माण युनिटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?