कहिले आउँछ सुजिताको भिसेरा रिपोर्ट ?

लोकपथ
371
Shares

काठमाडौं । चितवनमा मृतावस्थामा फेला परेकी राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको अन्त्येष्टी गरिएको छ ।

हिजो सोमवार देवाघाटमा सुजिताको अन्त्येष्टी गरिएको हो ।

सुजिताको शव परिवारले हिजै मात्र बुझेको हो । उनको शव पोष्टमार्टमका लागि काठमाडौं पठाइएको थियो । परिवार र स्थानीयले सुजिताको हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने बताएका भएपनि प्रहरीले छिट्टै घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने बताएपछि परिवारले सुजिताको शव बुझेको थियो ।

शवको अन्त्येष्टी भइसक्दा सम्म पनि सुजिताको हत्या भएको हो वा आत्महत्या भन्ने बारे अझै पत्ता लाग्न सकेको छैन् । भिसेरा परीक्षण पछिमात्रै यो कुराको पुष्टि हुने प्रहरीको दाबी छ ।

सामान्यतया भिसेरा रिपोर्ट आउन एक महिना लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यस्तो थियो घटनाको नालीबेली : 

असार ११ गते सुजिता भण्डारी साथीको घर जान्छु भन्दै बिहानै घरबाट निस्केकी थिइन् । सुजिताले उनकी दिदी कविताको मोबाइलमा फोन गरेकी थिइन् तर रोपाईमा गएका कारण उनको मोबाइल घरमै थियो । मिस्कल देखेपछि कविताले तत्कालै उनलाई फोन गरिन् । फोनमा सुजिताले उनलाई आफू अपहरणमा परेको र बचाउन आग्रह गरेकी थिइन् । लगत्तै प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

बेपत्ता भएको ९ दिन पछि ब्रम्हस्थानी सामुदायिक वनको भिरमा सुजिताको शव फेला परेको थियो । सुजिताको शवसँगै प्रहरीले पतेरो मार्न प्रयोग गर्ने विषको बोत्तल, ३०० रुपैयाँ भेटाएको थियो ।

सुजिताको शवको पोस्टमार्टमका लागि काठमाडौं ल्याइएको थियो । तर पोस्टमार्टम रिपोर्टबाट पनि उनको हत्याबारे केही पत्ता लाग्न सकेन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?