पाँचखालमा ‘भू–भौतिकी सर्वेक्षण’ प्रतिवेदन कुर्दै पुरातत्व विभाग

पाँचखाल । पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्वे’ ९भू–भौतिकी सर्वेक्षण०को काम सकेको चार महिना भयो । विभागले बेलायतबाट आएको विज्ञ टोलीसहित पाँचखाल–७ तथा वरपरको क्षेत्रमा गत चैत पहिलो साताको सर्वेक्षणमा ऐतिहासिक पुरातत्व सम्पदाको प्रचुर सम्भावना देखिएको जनाएको थियो ।

बेलायतस्थित दूरहाम विश्वविद्यालयका विज्ञ टोलीले पाँचखाल–७ स्थित सिमाली, वासुकी स्थान, माल्टार, कन्केश्वर महादेव मन्दिर तथा स्वास्थ्यचौकी आसपासलगायत क्षेत्र तथा ६ नम्बर वडाको भमरकोटसहित विभिन्न स्थानमा सर्वे गरेको हो । सर्वेमा संलग्न विभागका पुरातत्व अधिकृत विष्णु पाठकका अनुसार सर्वे गरिएको स्थानमा ऐतिहासिक सम्पदाको प्रचुर सम्भावना देखिएको र तथ्याङ्क अध्ययनपछि सर्वेको विस्तृत प्रतिवेदन आउनेछ ।

सर्वेको तीन महिनापछि विस्तृत प्रतिवेदन आउने जनाइए पनि हालसम्म नआएको विभागले जनाएको छ । विभागका निर्देशक दामोदर गौतमले भने “हामी विज्ञ टोलीबाट विस्तृत प्रतिवेदनको पर्खाइमा छौँ, सायद कोरोनाका कारण ढिलो भएको हुनसक्छ । ” उनले पहिलो चरणमा जमीनमुनि के–कस्तो भौतिक संरचना छ भन्ने पत्ता लगाउन काभ्रेको पाँचखालसहित नेपालको अन्य क्षेत्रमा ‘जियोफिजिकल सर्वे ’गरिएको बताए ।

उनका अनुसार सर्वे गरिएको कुनैपनि स्थानको हालसम्म प्रितिवेदन आएको छैन । उक्त टोलीले पाँचखालमा एक साता लगाएर सर्वे गरेको थियो । निर्देशक गौतमका अनुसार प्रतिवेदन आएपछि पाँचखालमा थप उत्खनन गर्नुपर्ने देखिएको छ । उनले भने,“पाँचखाललाई प्राथमिकतामा राखेका छौँ ।”

पाँचखालमा बेलायती सर्वे मेसिन र ड्रोन क्यामेरामार्फत जियोफिजिकल सर्वे गरिएको थियो । यसअघि विभागले संयुक्त राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक तथा सास्कृतिक सङ्गठन ९युनेस्को०लाईसमेत गत असार ९सन् २०२०, जुन २९०मा पाँचखालको सम्पदाबारे जानकारी गराइसकेको छ । पाँचखाललगायत मुलुकका विभिन्न स्थानमा रहेका सम्पदाको सर्वे गर्न बेलायतस्थित दूरहाम विश्वविद्यालयका आठ सदस्यीय विज्ञ टोली मार्च पहिलो साता नेपाल आएको थियो ।

उनका अनुसार नेपालका केही स्थानमा खोज, उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएपछि जियोफिजिकल सर्वे गर्नु आवश्यक देखिएकाले बेलायतबाट टोली मगाइएको हो । टोलीले त्यसबेला कपिलवस्तुबाट सम्पदा खोज अनुसन्धान थालेको थियो । टोलीले मुलुकका छ जिल्लाका विभिन्न स्थानमा सर्वेको काम सकेको थियो ।

सर्वे मेसिनले सम्पदा क्षेत्र तथा जमीनमुनि सात मिटरसम्मको भौतिक अवस्था पत्ता लगाउँछ । काभ्रेपलाञ्चोकको पाँचखाल क्षेत्रमा करीव दुई वर्षअघि गरिएको खोज, उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन सम्पदा भएपछि विभागले जियोफिजिकल सर्वे गरेको जनाएको छ । पाँचखाल क्षेत्रमा उत्खननका क्रममा भेटिएका सम्पदा सामग्री तथा स्तम्भ लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको पुष्टी गर्दै उत्खननमा सहभागी विभागका अधिकृत पाठक र वरिष्ठ पुरातत्वविद् उद्धव आचार्यद्वारा तयार प्रतिवेदनमा पाँचखाल नपा–२ माल्टारमा अवस्थित विभिन्न व्यक्तिको खेतमा भेटिएका प्राचीन दरबारको गारो, २२ सेन्टिमिटर चौडाइ भएको इट्टालगायतका सामग्री लिच्छविकालीन र मध्यकालीन ऐतिहासिक सम्पदा भएको उल्लेख छ ।

उत्खननका क्रममा भेटिएको अन्य आकारका इँट्टा र अङ्गारको थप अनुसन्धान गर्न बाँकी रहेको उल्लेख गर्दै श्रीरामपाटीमा तीन मिटर लम्बाइ र दुई मिटर चौडाइ उत्खनन गर्दा पक्की इँट्टाको गारोभित्र माटाको डुँडद्वारा पानी पाइपलाइन भेटिएको थियो । साथै, स्थानीय प्रस्तर प्रयोग गरी एक मिटर ५० सेन्टिमिटरको आधार बनाइ ६० सेन्टिरमिटर शुर मिलाएर गारो बलियो बनाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पाँचखाल नगर क्षेत्रमा भेटिएका सम्पदा सुरक्षार्थ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकसमेतले सम्पदा क्षेत्रमा ‘खनजोत’ गर्न रोक लगाउँदै आएको छ । कार्यालयले २०७६ मङ्सिर २९ गते नै सम्पदा क्षेत्रमा ‘खनजोत’ नगर्न र गर्नुपरे विगागको स्वीकृति र सहमति गराउन पाँचखाल नपालाई पत्रमार्फत जानकारी गराएको थियो । खोज अनुसन्धानकर्र्ताले उत्खनन क्षेत्रको संरक्षण र अवैध उत्खनन रोक्नुपर्ने सुझाव दिँदै आएका छन् ।

नगरप्रमुख महेश खरेलले सम्पदा संरक्षणमा प्रयास भइरहेको बताए । उनले भने,“सर्वेको विस्तृत प्रतिवेदन आएपछि नगरद्वारा सम्पदा संरक्षणमा माष्टर प्लान बनाउनेछौँ ।” स्थानीय प्राचीन पलाञ्चोक उपत्यका पुरातत्व खोज तथा अनुसनधान समितिले पनि नगरभित्रका ऐतिहासिक सम्पदा पुनःनिर्माण एवं नयाँ निर्माण गर्दा पुरातात्विक ढाँचामै निर्माण गर्न नगरलाई सुझाव दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?