११ आश्विन २०७८, सोमवार

कमला नदीले कटान गर्‍यो बाँध, धनुषाको पूर्वी क्षेत्रका बस्ती उच्च जोखिममा

२०७८,श्रावण,५,मंगलवार १४:२७


जनकपुरधाम । अविरल वर्षाका कारण कमला नदीमा आएको बाढीले धनुषाको बसैला नगरपालिका वडा नम्वर १३ स्थित बाँध कटान गर्न थालेपछि धनुषाको पूर्वी क्षेत्रका बस्ती उच्च जोखिममा परेका छन् ।

कमला नदीमा आएको बाढीले पश्चिमतर्फको बाँध कटान गरेपछि वरपरका गाउँबस्ती जोखिममा परेको हो । सोमवार आएको बाढीले किरतपुर र ढोलबज्जमा कमला नदीको बाढीले बाँध कटान गरेको छ ।

बाँध कटान गर्न थालेपछि बाढीले डुबान हुन सक्ने क्षेत्रमा प्रहरी परिचालन गरी स्थानीयलाई सतर्क गराइएको र बाँध मर्मतका लागि नेपाली सेना, सशस्त्र प्रहरी परिचालन गरीएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले जानकारी दिए ।

बाँध बचाउन नेपाली सेना र सशस्त्र प्रहरी मंगलबार बिहानै देखि परिचालन गरिएको उनले बताए ।

प्रकाशित मिति: २०७८,श्रावण,५,मंगलवार १४:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम । प्रदेश २ मा निष्ठाको कठोर पर्व रुपमा रहेको जितियाको अवसरमा बुधबार महिलाहरुलाई प्रदेश सरकारले विशेष सार्वजनिक विदा घोषणा

वीरगञ्ज । राष्ट्रिय एकता अभियानले वीरगञ्जमा मुख्यमन्त्री लालबाबु राउतको विरुद्ध विरोध प्रदर्शन गर्दै पुतला दहन गरेको छ । मदरशा शिक्षा

जनकपुरधाम। जनता समाजवादी पार्टीकी प्रदेश सांसद रानी शर्मा तिवारीसहित तीन जना सासदले लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन् । आइतवार

राजविराज । आठ वर्षपछि सप्तरीको कञ्चनरूप नगरपालिकामा रहेका प्राथमिक स्वास्थ्य केन्द्रमा पुनः आजदेखि सर्पदंशको उपचार सुरू भएको छ । नगरपालिकाले

ताजा समाचार

एमाले विधान महाधिवेशनको तयारी पूरा
 २०७८,आश्विन,११,सोमवार २१:५९
५० लाख धरौटी बुझाएर रिहा भए चूडामणि शर्मा
 २०७८,आश्विन,११,सोमवार २०:४५