बाग्लुङ । बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिकाले सबै घरधुरीको विवरण प्रबिष्ट गरी ‘डिजिटल प्रोफाइल’ तयार पारेको छ । गाउँ विकासका लागि योजना निर्माण र विद्युतीय माध्यमबाट जानकारी लिन चाहनेका लागि प्रोफाइलले सहयोग गर्ने जनाइएकोछ ।
गाउँपालिकाले तयार गरेको ‘डिजिटल प्रोफाइल’ सार्वजनिक गर्ने तयारीमा रहेको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिए अब हरेक घटना र विवरणहरु क्षणभरमै संसारको जुनसुकै कुनामा बसेर हेर्न र बुझ्न सकिने छ”, उनले भने अल अपडेट गर्न कर्मचारीलाई तयार गरिने छ ।” गाउँपालिकाको भौगोलिक अवस्थादेखि कलासंस्कृति र जनसंख्यासम्मका विवरण प्रोफाइलमा भेटिने उनले दाबी गरे। व्यक्तिगत घटना दर्ता, राजश्वको भुक्तानी, योजनाको सम्झौता तथा फरफारक लगायतका काम डिजिटल माध्यमबाट शुरुआत गरिसकेको गाउँपालिकाले स्मार्ट गाउँपालिका बनाउनकै लागि प्रोफाइल तयार गरेको जनाएको छ ।
“हरेक घरको तस्बिर हुन्छ, घरमा रहेका सदस्य सङ्ख्या र उनीहरुको सबै विवरण त्यहाँ राखिएको छ”, अध्यक्ष थापाले भने, “थपघट हुँदा जोड्ने र घटाउने काम सार्वजनिक भएपछि शुरु हुन्छ ।” यसका लागि गाउँपालिकाले गत आवमा रु २५ लाख बजेट विनियोजन गरेको थियो । प्रविधिको विकाससँगै विवरणलाई पनि आधुनिक तरिकाबाट सुरक्षण गरिएको उनले बताए। आठ वडा रहेको गाउँपालिकाले सबै वडाका हरेक घरमा पुगेर विवरण सङ्कलन गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया