एनआईसी एशियाद्वारा १ मिनेट १० सेकेन्डमै अनलाईन खाता खोल्नेलाई उपहार

लोकपथ
119
Shares

काठमाडौं । एनआईसी एशिया बैंकमा १ मिनेट १० सेकेन्डमै अनलाईन खाता खोल्ने विजेतालाई आईफोन–१२ तथा १८ जनालाई स्मार्टवाच दिएको छ ।

बैंकले आम जनमानसहरूलाई घरमै बसेर अनलाईन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरेको Online Account Opening Challenge प्रतियोगिता अन्तर्गत सबैभन्दा कम समयमा अनलाईन खाता खोल्नुहुने सर्लाहीकी सुदिक्षा थापाले आईफोन–१२ जित्न सफल भएकी छन् ।

२०७८ जेष्ठ २३ देखि असार १९ सम्म सञ्चालन भएको यस प्रतियोगितामा कुल १५८ जना योग्य सहभागी महानुभावहरू मध्ये सबैभन्दा कम अर्थात १ मिनेट १० सेकेन्डमै खाता खोली थापाले आईफोन–१२ जितेका हुुन् । उक्त योग्य सहभागीहरूले बैंकको वेबसाइटबाट खाता खोल्ने, अनलाईन खाताको स्टेप १ देखि Submitted सम्मको प्रकृया देखिने गरी Screenshot शेयर गर्ने, प्रतियोगिता अवधिभर बैंकको आधिकारिक फेसबुक पेजमा रहेको Pinned पोष्टको कमेन्टमा Challenge Accepted लेखि आफ्ना ५ जना साथीहरूलाई ट्याग गरी उक्त Screenshot पोष्ट गर्ने, उक्त Pinned पोष्टलाई आफ्नो टाइमलाइनमा #GharBataiOnlineKhata तथा #NICASIABANK उल्लेख गरी सार्वजनिक रुपमा शेयर गर्ने र यस बैंकको फेसबुक पेज र उक्त Pinned पोष्टलाई लाइक गरेपश्चात् यस प्रतियोगितामा सहभागी भएका बैकले जानकारी दिएको छ ।

प्रतियोगिता अवधिभर कम समयमा अनलाईन खाता खोल्नुहुने शीर्ष–१० सहभागीहरूले स्मार्टवाच जित्न सफल भएका छन् । जसमा रुपन्देहीकी मैना कँडेल, झापाका सौरभ दाहाल, काठमाडौंका दिनेश महर्जन, ललितपुरका युवराज तिवारी, बनेपाका राजु लामा, किर्तिपुरकी सिता श्रेष्ठ, डडेलधुराका सम्राट बम, दाङका कुल गिरी, गुल्मीका रविन श्रेष्ठ र पर्साका सरोज कार्की रहेका छन् । प्रतियोगिता अवधिभर साप्ताहिक रुपमा सबैभन्दा कम समयमा सफलपूर्वक अनलाईन खाता खोल्दै पहिलो साता काठमाडौंकी अस्मिता खतिवडा तथा कञ्चनपुरका सुरज चन्द, दोस्रो साता काठमाडौंकी कुसुम तिवारी तथा धरानकी दिपशिका योगी, तेस्रो साता विरगंजकी प्रमिला चौधरी तथा महेन्द्रनगरकी प्रतिक्षा चन्द र चौथो साता सर्लाहीकी सुदिक्षा थापा (आईफोन–१२ विजेता समेत) तथा अर्घाखाँचीका मोहम्मद अलीले स्मार्टवाच जितेका बैकले वित्तप्तीमा उल्लेख गरेको छ ।

बैंकले सञ्चालनमा ल्याएको सहज अनलाईन खाता प्रक्रियाबाट यस प्रतियोगिता अवधिभर कुल ९ हजार भन्दा बढि महानुभावहरूले खाता खोलेकोेमा १५८ जना महानुभावहरूले मात्रै यस प्रतियोगितामा सहभागी जनाएका थिए । जसमा विजेता भएका १८ जनाले न्यूनतम १ मिनेट १० सेकेन्ड देखि अधिकतम ३ मिनेट ९ सेकेन्ड लगाएर सफलपूर्वक अनलाईन खाता खोलेका थिए ।

यस प्रतियोगिताका सम्पूर्ण विजेताहरूले ७ दिनभित्र बैंकको आधिकारिक फेसबुक पेजमा सम्पर्क गरी आफ्नो पुरस्कार दावी गर्नुपर्नेछ र आफ्नो खाताको हस्ताक्षर भेरिफिकेसनका लागि सक्कल नागरिकता सहित बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । डिजिटल फष्ट बैंक बन्ने दीर्घकालीन लक्ष्य लिएको यस बैंकले आम जनमानसलाई डिजिटल बैंकिङ्गतर्फ डोर्याउनका निमित्त यस किसिमको प्रबद्र्धनात्मक प्रतियोगिता गरेको थियो ।

उक्त प्रतियोगितामा भएको उत्साहजनक सहभागीताबाट आम जनमानसमा यस बैंकको अनलाईन खाता खोल्ने प्रक्रिया सहज र सरल रहेको स्थापित भएको छ भने ग्राहक महानुभावहरूलाई खाता खोल्न कै लागि शाखा कार्यालयसम्म धाउनुपर्ने अवस्थाबाट समेत छुटकारा मिलेको बैकले जनाएको छ । साथै, २०७८ जेष्ठ २३ देखि असार १९ सम्म सञ्चालन गरेको थ्यगत्गदभच महानुभावहरू लक्षित ‘सहज रुपमा अनलाईन खाता प्रकृया’ बारे Video Challenge को नतिजा बैंकले निकट भविष्यमा सार्वजनिक गर्नेपनि वित्तप्तीमा उल्लेख छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७० वटा विस्तारित काउण्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको बैकले दाबी गरेको छ ।

करिब २७ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी आर्थिक वर्ष २०७६/७७ मा करिब २ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको पनि वित्तप्तीमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?