सप्तरीमा चन्द्रनहर भत्कियो, सप्तकोशी नगरपालिका डुबानमा

लोकपथ
260
Shares

रामनारायण यादव / सप्तरी । वर्षाका कारण सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ४ बलार्दह स्थित मुलुककै पुरानो चन्द्रनहरको बाँध भत्किएको छ । सात वटा नदिमा आएको खोलाको बाढीले दुई ठाउँमा चन्द्रनहरको बाँध फुटेको हो ।

सप्तकोशी नगरपालिकाका मेयर उत्तम गौतमका अनुसार नहरको बाँध दुई ठाउँमा भत्किएको छ । करिब ५० मिटर नहर भत्किएको छ । ‘अमहा, टेंग्रालगायत नदीको बाढी ओभरफ्लो भई नहरमा खसेको र त्यसपछि नहर नै कटान गरी क्षतिग्रस्त बनायो,’ उनले भने ।

अबिरल वर्षाका कारण बाढी बस्तीमा पस्दा सप्तकोशी नगरपालिकाका ३ सय घर परिवार डुबानमा परेका छन् । मेयर गौतमका अनुसार सप्तकोशी नगरपालिकाका वडा नम्वर १, २, ४ र ११ वडाका घर डुबेका परेका छन् । ती घरमा ३ फिटसम्म पानी जमेको छ ।

सोमबार राति देखि परेको अबिरल वर्षाका कारण जिल्लाका नदि र खोलाहरुको जलस्तर बढि रहेका छन् । वर्षा सगैं आएको जिता नदीको बाढीले जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्वर ७ मंसापुर र वडा नम्बर ५ बरसाइनका केही घर डुबाएको परेको छ । तिलाठी गाउँपालिकाका अध्यक्ष सतीशकुमार सिंहका अनुसार वडा नम्बर ७ को मंसापुर र वडा नम्बर ५ को बरसाइनका करिब २ सय ७५ घर डुबेको जानकारी दिए ।

तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ८ तोपाका २५ घरसमेत डुबानमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?