देउवा-प्रचण्डबीच भेटघाट, ओली नेतृत्वको सरकारले गरेका नियुक्ति खारेज गर्ने सहमति

लोकपथ
651
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ओली नेतृत्वको सरकारले गरेको सबै असंवैधानिक ढंगले गरेका नियुक्तिहरु खारेज गर्ने सहमति भएको छ ।

मंगलवार बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भएको छलफलमा यस्तो सहमति भएको बालुवाटार निकट स्रोतले जनाएको छ ।

यसअघि देउवा सरकारले ओली नेतृत्वको सरकारले नियुक्त गरेका विभिन्न ९ देशका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?