कञ्चनपुरको दक्षिणी क्षेत्रमा अवैध काठको भरमा मिल सञ्चालनमा

धनगढी, १७ चैत । कञ्चनपुरको दक्षिणी क्षेत्रमा अवैध काठको बिगबिगी बढिरहेको छ भने डेढ दर्जन सःमिलहरु अवैध काठकै भरमा सञ्चालनमा आइरहेको छ ।पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकामा सञ्चालन हुँदै आएका काष्ठ मिलहरु अवैध काठकै भरमा सञ्चालन हुँदै आएको स्रोतको दाबी छ ।दुवै नगरपालिकाका सिमावर्ती क्षेत्रका काष्ठ मिलहरु वर्षाैंदेखि भारतीय र नेपालका अवैध काठबाट सञ्चालन हुँदै आएपनि अहिलेसम्म कुनैपनि सरोकारवालाहरुले ध्यान दिन नसक्दा अवैध काठको कारोबारी दिनप्रतिदिन फस्टाउँदै गइरहेकको छ ।स्थानिय स्रोतका अनुसार भारतीय सिमावर्ती क्षेत्र टाटरगञ्जमा रहेको सिसमघारी र नेपाली लगायतका जङ्गलहरुबाट तस्करहरुले ठूलो परिमाणमा काठका गोलिया वर्षौदेखि सीमाका मिलहरुमा रातारात पु¥याउने गरेको बताएका छन् । जसमा स्थानीय प्रहरी प्रशासनको समेत मिलोमतो रहेको ठहर छ ।पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकामा झण्डै डेढ दर्जन काष्ठ मिलहरु सञ्चालनमा रहेका छन् । पुनर्वासमा तारा सःमिल, न्यू निशा सःमिल, रुबिना काष्ठ उद्योग, मिनाक्षी सःमिल, बस्नेत सःमिल, बिन्दबासिने सःमिल, शैलेश्वरी काष्ठ उद्योग र बेलौरीमा पूर्णा गिरी सःमिल, सागर सःमिल, श्री गणेश सःमिल, जयमाँ सःमिल, भूमिराज सःमिल, उदयदेब काष्ठ तथा फर्निचर उद्योग, कञ्चन काष्ठ तथा फर्निचर उद्योग लगायतका सःमिलहरु सञ्चालनमा रहेका छन् । सो मिलहरु अवैध काठकै भरमा सञ्चालन हुँदै आएको स्रोतको दाबी छ ।स्रोतका अनुसार यी सञ्चालनमा रहेका काष्ठ मिलहरुमा अधिकांश भारतीय अवैध काठबाट र केही नेपाली अवैध काठबाट सञ्चालन हुने गरेको उल्लेखित छ ।काष्ठमिलहरुमा भारतीय र नेपाली तस्करहरुले विगत लामो समयदेदि भारतीय सिमावर्ती क्षेत्रबाट सिसम, साल, खयर लगायतका बहुमुल्य काठहरु भित्र्याउने गरेको स्रोतले जनाएको छ ।त्यस्तै अवैध काठको मात्र भर नपर्ने हो भने अधिकांश सःमिलहरु बन्द नै गर्नु पर्ने श्रोतको किटानी छ । यी मिलहरुबाट चिरान गरिएका काठहरु स्थानीय ठाउँहरुका साथै कञ्चनपुर, कैलाली लगायत काठमाडौंसम्म बिक्री गर्ने गरेको स्रोतले जनाएको छ ।कैलाली–कञ्चनपुर जिल्लाका काष्ठ व्यापारीहरुले कञ्चनपुरको दक्षिणी क्षेत्रलाई अवैध काठ कारोबार हुने हबको रुपमा लिँदै आएका छन् । भारतीय र नेपाली काठ तस्करहरुलाई ज्यालामा लगाएर अवैध काठ खरिद बिक्री गर्ने ठेकेदारहरुको पुनर्वास÷बेलौरीमा वर्षाैंदेखि बर्चश्व कायम रहँदै आएको काठ तस्करीमा संलग्न एक व्यक्तिले बताए ।प्रहरी प्रशासनको सहज सेटिङ्गमा सःमिलहरु र मिलमा चिरान हुने अवैध काठका भरमा पुनर्वास÷बेलौरीका केही जानेमानेहरु दिनप्रतिदिन मोटाउँदै गएका छन् भने केही प्रहरी प्रशासनको सेटिङ्ग मिलाउँन नजान्दा फस्ने गरेको काठ तस्करी गर्नेहरु भित्रकै एक तस्करले बताए ।पुनर्वास–बेलौरीमा काठ तस्करीको नायकेको रुपमा रहँदै आएका पुनर्वास उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्षसमेत रहेका बीरबल विश्कर्मा, शंकर साउद, चक्रबहादुर शाही, लालबहादुर तामाङ, मोहन पाण्डे, नारायण संग्रौला, दिल्ली शाही, किशन चन्द आदि रहेका छन् ।अवैध काठ तस्करीका लागि प्रहरी, प्रशासनमा सेटिङ्ग मिलाउँनेमा बीरबल विश्कर्मा, शंकर साउद र चक्रबहादुर शाही अग्रपक्तिमा रहेको स्रोतले बताए । यी माथि उल्लेखित व्यक्तिहरु अधिकांश सःमिल सञ्चालकसमेत हुन् ।गत शुक्रबार मात्रै बेलौरी नगरपालिका वडा नम्बर १० भुडामा ६१ गोलीया अवैध काठ सहित काष्ठमिल सञ्चालक भुवेन्द्रराज पन्त र मनिषा सःमिलका सञ्चालक देवराज पन्तलाई क्षेत्रीय विशेष अनुसन्धान आर.आई,टी.र ईलाका प्रहरी कार्यालय बेल्डाँडीको संयुक्त टोलीले सिसमको काठ सहित उनीहरुलाई पक्राउ गरेको थियो ।वर्षाैदेखि अवैध काठकै भरमा सञ्चालन हुने मिलहरुमा आकलझुकल मात्रै बनको चेकजाँच हुने भएकोले उक्त सःमिलहरु निर्बाधरुपमा सञ्चालनमा हुँदै आइरहेको एक जना काष्ठ व्यापारीले नै बताए ।त्यस्तै जिल्ला वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत बीरबहनदुर ठगुन्नाले भने, ‘त्यस क्षेत्रमा अवै काठ तस्कर हुन्छ भन्ने कुरा सबलाई थाहा छ, राजनैतिक पार्टीदेखि लिएर प्रहरी, प्रशासन सबैलाई थाहा भएकै कुरा हो ।’ उनले भने, ‘सबैले स्वार्थ राखेकै हुन्छन्, जसले पायो त्यो व्यक्ति चुपचाप हुन्छ नपाएकाले कुरा त गर्नेनै भयो नी ।’उनको भनाइ अनुसार काठ तस्करीमा सरोकार वालाको मिलोमतो रहेको प्रष्ट्याएको छ । काठ तस्करीमा आफ्नो स्वार्थ पूरा नभएपछि मात्रै मिलोमतोको पर्दा फास्ट हुने नत्र यसरी नै भित्र भित्रै अवैध रुपमा काठहरुको बिगबिगी मौलाइरहने वन अधिकृत ठगुन्नाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?