मुख्यमन्त्री पोखरेलद्वारा ‘जोन्सन एन्ड जोन्सन’ खोपको शुभारम्भ

लोकपथ
533
Shares
…hf]G;g P08 hf]G;gÚsf] z’ef/De gjnk’/, $ ;fpg . gjnk/f;L -ab{3f6–;’:tfk”j{_af6 u08sL k|b]zdf hf]G;g P08 hf]G;g vf]k z’ef/De sfo{qmddf ;xefuL x’Fb} d’VodGqL s[i0frGb| g]kfnL kf]v/]n . d’VodGqL kf]v/]nn] dWoljGb’–@ sf]Nx’jfdf /x]sf]] gjnk’/ :jf:Yo rf}sLaf6 ;f]daf/ hf]G;g P08 hf]G;g vf]ksf] z’ef/De ug'{ePsf] 5 . t:jL/ M 6]s/fh kf]v/]n, /f;;

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट गण्डकी प्रदेशमा जोन्सन एन्ड जोन्सन खोपको शुभारम्भ गरेका छन् । मध्यविन्दु–२ कोल्हुवामा रहेको नवलपुर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले जोन्सन एन्ड जोन्सन खोपको शुभारम्भ गरेका हुन् ।

स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)द्वारा आयोजित कार्यक्रममा अपाङ्गता भएका १३ तथा अन्य चार गरी १७ जनालाई खोप लगाएर जोन्सन एन्ड जोन्सनको नवलपुरमा शुरु गरिएको स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईंले जानकारी दिए । नवलपुरमा १५ हजार मात्रा सो खोप आएको चापागाईंले बताए । उक्त खोप मङ्गलबार बस्ने विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार जिल्लामा वितरण गरिने चापागाईंको भनाइ छ ।

नेपालमा अहिलेसम्म आएको खोपको दुई मात्रा लगाउनुपर्ने थियो भने जोन्सन एन्ड जोन्सन खोप एकपटक मात्र लगाए पुग्नेछ । खोप कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशका सबै नागरिकलाई कोरोना विरुद्धको खोप प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताए । प्रदेशको स्वास्थ्य, शिक्षामा विशेष जोड दिँदै समृद्ध गण्डकी प्रदेश निर्माण गर्ने अभियानमा आफ्नो सरकार लागिरहेको पोखरेलको भनाइ छ ।

मुख्यमन्त्रीमा निर्वाचित भएपछि पोखरेल पहिलोपटक गृह जिल्ला आएका हुन् । आइतवार गृह जिल्ला आएका मुख्यमन्त्री पोखरेलले सोमवार स्वास्थ्य कार्यालय नवलपुर, शिक्षा तथा समन्वय एकाइ कार्यालय लगायतका कार्यालयहरुको निरीक्षणसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?