१.नेकपा एमालेको स्थायी कमिटी बैठकद्वारा पार्टी बिवाद समाधानका लागि गठित कार्यदलमा भएको सहमति अनुमोदन,शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय,कार्यदल पनि बिघटन ।
२. प्रधानमन्त्री देउवा आजबाट सरकारी निवास बालुवाटार सरे, शुभ साइत हेराएर देउवा बालुवाटार छिरे ।
३. प्रतिनिधि सभा पुनः स्थापना गर्ने सर्वाेच्चको फैसला विरुद्ध भण्डाफोर अभियान संचालन गर्ने एमाले संसदीय दल बैठकको निर्णय,बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्षका सांसद भने अनुपस्थित ।
४. सरकारले देशको हालको आर्थिक अवस्था के छ भनेर श्वेतपत्र जारी गर्ने, अघिल्लो सरकारले ल्याएको बजेटबारे संसदलाई जिम्मा दिने अर्थमन्त्री जनार्दन शर्माको भनाई ।
५. दूरसंचार प्राधिकरणले नेपालमा आजबाट अबैध मोवाइल बन्द गर्ने सफ्टवेयर संचालनमा ल्यायो, बिदेशबाट ल्याइएका मोवाइलको अब आइएमई नम्बर दर्ता गर्नुपर्ने ।
६. धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सक सहित कर्मचारीले आन्दोलन चर्काएपछि सरकारले जाँचबुझ समिति बनायो,समितिले समस्या समाधानका लागि सुझाव दिने ।
७. प्रधानमन्त्री देउवासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको भेटवार्ता चीनले नेपाललाई थप १६ लाख डोज कोरोनाबिरुद्धको खोप दिने ।
८. नेपालमा शुक्रबार २९ सय ३६ जना कोरोनाका नयाँ संक्रमित थपिए,पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु, १७ सय ७५ जना संक्रमणमुक्त ।
९. काठमाडौंमा कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउने कार्यक्रम स्थगित,मौजुदा खोप सकिएको जनस्वास्थ्य कार्यालयको भनाई ।
१०. नेपालमा शनिबारदेखि केहीदिन मनसुन सक्रिय हुने,बाढी र पहिरोको जोखिम रहेकाले आवश्यक सतर्ककता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह ।
११. गण्डकी प्रदेश सरकारले कोरोनाको खोप किन्न १ अर्व बजेट छुट्यायो,कोरोना नियन्त्रण र रोकथामका लागि २० करोड विनियोजन ।
१२. लुम्विनी प्रदेशमा अध्यादेशमार्फत बजेट ल्याएपछि विपक्षी गठबन्धन मुख्यमन्त्री शंकर पोखरेलसँग आक्रोसित,मुख्यमन्त्रीको तत्काल राजीनामा माग ।
१३. अफगानिस्तानमा आफैमाथि तालिवानी बिद्रोहीले वर्षाएका रकेटको दृश्य खिच्ने भारतीय पत्रकार दानिस सिद्धिकी रहेनन्, तालिवान र अफगानी सुरक्षा फौजको भीडन्तमा परेर दानिसको मृत्यु ।
१४. इजिप्ट र इथियोपियाबीच पानीको विषयमा तनाव,नाइल नदीको सहायक नदीमा इथियोपियाले विशाल बाँध बनाएपछि इजिप्टमा पानीको हाहाकार हुने ।
१५. नेपालले फिलिपिन्समा आयोजना हुने एशियन महिला भलिबल च्याम्पियनसिप नखेल्ने, एसियन भलिबल कन्फेडेरेसनद्वारा नेपाललाई प्रतियोगिताबाट बाहिरै राखेर खेल तालिका सार्वजनिक ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया