काठमाडौं । ग्रेट वाल मोटर्सका तीन नयाँ मोडलका गाडी नेपाली बजारमा सार्वजनिक भएको छ।
विशाल ग्रुपको सहायक संस्था भीजी इम्पेक्स प्रालि नेपालमा ग्रेट वाल मोर्टसका लागि आधिकारिक बिक्रेता हो ।
भीजी इम्पेक्सले GWM सँग सहकार्य गर्दै दुईवटा SUV र एक पिकअप मोडेलको गाडी बजारमा ल्याएको छ। यी तीन वटै गाडी आफ्नो समूहमा नाैलो र उत्कृष्ट रहनेमा कम्पनीको विश्वास छ ।
कम्पनीले छिट्टै नै नवीन तरिकाले आफ्ना ब्राण्ड र सामान उपभोक्तामाझ प्रस्तुत गर्नेछ । भीजी इम्पेक्सले ग्रेट वाल मोटर्सको 4S (सेल्स, सर्भिस, स्पेयर्स, र सर्वे)मा विशेष ध्यान दिँदै अन्तर्राष्ट्रिय स्तरको स्टाण्डर्डको सर्भिस सेन्टर स्थापना गर्ने भएको छ ।
हाल ग्रेट वाल मोटर्सको कम्पनी थापाथलीमा अवस्थित छ । भोलिका दिनमा कम्पनीले उपभोक्तालाई उच्चस्तरको अनुभव दिन देशैभरी शोरूमको सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ ।
थर्ड जीन हावल एच सिक्स (3rd Gen. HACAL H6)
यो गाडी SUV वर्गमा सुविधा र लक्जरीको नमूना हुनाका साथै शक्ति र विलाशिताको अनुपम संगम पनि रहेको छ । २.० लिटरको दमदार टर्बाे पेट्रोल इन्जिनले अधिकतम आउटपुट दिन्छ । यसको हायर ग्राउण्ड क्लियरेन्सले खाल्डाखुल्डीमा पनि सहजै गुडाउन सकिन्छ । नेपाली बजारमा सुरूवाती मूल्य ९६ लाख ९९ हजार ९९९ रूपैयाँमा यो गाडी उपलब्ध हुनेछन् ।

HAVAL JOLION
यो मोडेल तीन संस्करणमा प्रस्तुत हुँदैछन् । १.५ लिटरको दमदार टर्बो पेट्रोल इन्जिनले किलोवाट शक्ति र २२० एनएम टोर्क डिस्प्लेसमेन्टले अधिकतम आउटपुट दिन्छ । प्रारम्भिक मूल्य ५५ लाख ४९ हजार ९९९ रूपैयाँमा यो गाडी उपलब्ध हुनेछ ।

POER पिक-अप
यो मोडेल दुईवटा संस्करण एलिट र पाइलटमा बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यो गाडीको प्रारम्भिक मूल्य ६४ लाख ९९ हजार ९९९ रूपैयाँ रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया