काठमाडौं । सरकारले नेपाललाई खोप दिने दाता राष्ट्रहरूसँग थप खोप सहयोग माग्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दाता राष्ट्रहरूसँग थप खोप सहयोग माग्ने निर्णय गरेको हो।
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको बैठकले खोप दाता राष्ट्रहरूलाई धन्यवाद दिँदै खोप उत्पादक तथा अन्य राष्ट्रहरूलाई कोभिड खोपमा सहयोग गर्न आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।
मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार प्रधानमन्त्रीको अध्यक्ष्यतामा बस्दै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया