एमालेको माधव समूह छलफलमा

लोकपथ
420
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोध्ने निर्णय गरेपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन्। एक नेताका अनुसार डल्लुमा यो समूहको बैठक चलिरहेको छ ।

ओलीले स्पष्टीकरण सोधेपछि सम्भावित रणनीति बनाउन यो समूह छलफलमा जुटेको हो। त्यस्तै एकता प्रक्रिया र आगामी राजनीतिक यात्राबारे पनि छलफल भइरहेको माधव निकटका एक नेताले बताए।

सोमबार बसेको एमाले केन्द्रीय कमिटीले माधव नेपाल समूहका २२ नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई माधव नेपालसहित उनी पक्षीय २२ जनाले विश्वासको मत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?