हाम्रो पात्रोबाट देवकोटाको बिदाई

लोकपथ
259
Shares

काठमाडौं। हाम्रो पात्रोबाट सन्तोष कुमार देवकोटा बिदा भएका छन्।

काठमाडौंको म्यारियट होटलमा हाम्रो पात्रोका संस्थापक शंकर उप्रेतीले देवकोटाको बिदाई गरेका हुन्।

उप्रेतीले ८ वर्ष लामो सहकार्यका लागि धन्यवाद दिँदै उनको योगदान संस्थाले भविष्यमा पनि सम्झिरहने भन्दै नयाँ यात्राका लागि शुभकामना दिए । बिदाई कार्यक्रममा देवकोटाले आफूले नयाँ यात्रा शुरुवात गर्न लागेको जानकारी गराउँदै हाम्रो पात्रोको सफलताको कामना गरे ।

देवकोटाले हाम्रो पात्रोमा आफ्नो समय अविस्मरणीय रहेको जानकारी गराउँदै नयाँ अध्याय प्रारम्भ गर्न लागेको र सबैबाट सद्भाव र सहयोगको अपेक्षा गरेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?