नेपालमा कोरोना : संक्रमणमुक्त भन्दा दोब्बरले थपिए संक्रमित

लोकपथ
1.6k
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या संक्रमणमुक्त हुनेको भन्दा दोब्बर रहेको छ ।

देशभर ११ हजार ६ सय ६४ जनाको परीक्षण गर्दा २ हजार ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने पछिल्लो २४ घण्टामा देशभर थप १ हजार २ सय ५८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३३ हजार ३ सय ३२ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ८२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको हो । भने हालसम्म नेपालमा ६ लाख ६८ हजार ७ सय ५१ जनाको पीसीआर पोजेटिभ र ४९ हजार ७ सय ७३ जनाको एन्टीजेन पोजेटिभ देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?