ओली सरकारले गरेका संवैधानिक नियुक्तविरुद्ध सर्वोच्चमा रिट

लोकपथ
441
Shares

काठमाडौं । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज भएसँगै केपी ओली सरकारले नियुक्त गरेका पदाधिकारी अवैधानिक हुने जिकिर गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन पेश भएको छ ।

ओली नेतृत्वको सरकारले विभिन्न समयमा नियुक्त गरेका पदाधिकारी तथा सदस्यहरुको खारेजीको मागसहित रिट परेको हो ।

संविधानको धारा ११४ बमोजिम गत मंसिर ३० मा जारी अध्यादेश स्वतः निष्क्रिय भइसकेको अवस्थामा संवैधानिक निकायका ५२ जना पदाधिकारी आफ्नो पदमा कार्यरत रहनु अवैधानिक हुने जिकिर गर्दै वरिष्ठ अभिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा पुरक निवेदन पेश गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?