देउवालाई मोदीको फोन : छिट्टै कोरोना खोप उपलब्ध गराउछौँ

लोकपथ
182
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने बताएका छन्।

सोमवार प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गर्दै मोदीले नेपाललाई छिट्टै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने बताएका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाललाई छिट्टै कोरोना खोपको आपूर्ति गर्ने आश्वासन भारतीय प्रधानमन्त्री मोदीबाट आएको छ।

टेलिफोन कुराकानीमा मोदीले प्रधानमन्त्री देउवालाई बधाई दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?