सप्तरीमा हत्याको आरोपमा ५ जना पक्राउ

सप्तरी । हत्या आरोपमा सप्तरी प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

हत्यामा संलग्न भएको आरोपमा खड्क नगरपालिका वडा नम्वर ९ बस्ने २३ वर्षीय नजबुल मियाँ, ५५ वर्षीय मो वालिसु भन्ने मो. कालिम मियाँ, ६० वर्षीय रफु भन्ने रफुवा मियाँ, ४२ वर्षीय मो.ईजराईल मियाँ र ३२ वर्षीय मो. जाकिरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लले जानकारी दिए ।

खड्क नगरपालिका–९ मेनहा टोल बस्ने ७० वर्षीय मो. दाउदको हत्याको आरोपमा प्रहरीले आइतवार उनीहरुलाई पक्राउ गरेको हो ।

खडक नगरपालिका वडा नम्वर ९ मा दुई समुह बीच कुटपिटबाट घाइते भएका दाउदको उपचारका क्रममा राजविराज स्थित छिन्नमस्ता अस्तालमा असार २४ गते राति शुक्रबार मृत्यु भएको थियो।

बैदेशिक रोजगारीमा पठाउँदा राम्रो काम नपाएकोले दाउदलाई पैसा फिर्ता गर्नु पर्छ भनेका थिए। तर उनले पैसा फिर्ता नदिदाँ विवाद उत्पन्न भएको थियो । पैसा दिन नमान्दा उनलाई कुटपिट गरी घाइते बनाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?