काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जनामाथि २४ घण्टे स्पष्टिकरण सोधेको छ ।
सोमबार च्यासलस्थित तुलसीलला अमात्य प्रतिष्ठानमा बसेको १० औँ केन्द्रीय कमिटीको बैठकले त्यस्तो निर्णय गरेको हो ।
२४ घण्टाभित्र चित्त बुझ्दो जवाफ नआएमा कारबाहीको प्रक्रिया अगाडिब बढाउने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
त्यस्तै भीम राववले दिएको राजीनामा गतल भएको प्रवक्ता ज्ञवालीको भनाइ छ । पार्टीभित्र विवाद पटक पटक देखिँने हुँदा आवेगमा आएर राजीनामा दिनुभन्दा आन्तरिक छलफल गरेर टुंग्याउन सकिनेबारेमा बैठकमा छफलफल भएको उहाँको भनाइ छ । केन्द्रीय कमिटीको अर्को बैठक मंगलवार दिउँसो ३ बजे पुनः बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया