एमालेको केन्द्रीय कमिटी बैठकले पारित गर्‍यो १० बुँदे प्रस्ताव

लोकपथ
2k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औँ केन्द्रीय कमिटीको बैठकले १० बुँदे एकता प्रस्ताव पारित गर्दै पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउने निर्णय गरेको छ ।

सोमवार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको बैठकले त्यस्तो निर्णय गरेको । नेकपा एमालेका नेता विष्णु रिजालले आजको बैठकले १० बुँदे प्रस्ताव पारित गरेर अगाडि बढाउने निर्णय गरेको जानकारी दिएका छन् ।

त्यसैगरी आजको बैठकले आइतवार प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिने एमालेका २२ सांसादहरुलई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

अर्को बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?