प्रहरीमा रासन भत्ता बढ्यो

लोकपथ
189
Shares

काठमाडौं । सुरक्षाकर्मीको रासन भत्ता बढेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पाउने रासन भत्ता साउनदेखि वृद्धि भएको हो ।

०७२ माघ यता पहिलोपटक प्रहरीको रासन भत्ता वृद्धि भएको र बजेटमार्फत सरकारले दुवै निकायको रासन भत्ता १५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको थियो ।

सुरक्षाकर्मीको रासन भत्ता वृद्धिका लागि दुवै संगठनले ४० प्रतिशत रासन भत्ता वृद्धिको प्रस्ताव गृह मन्त्रालयमा गरेका थिए । तर, सरकारले १५ प्रतिशत मात्रै वृद्धि गर्ने निर्णय गरेको थियो ।

यसअघि उनीहरूले रासन किनेर खुवाउने गरेकोमा सरकारले ०७२ माघदेखि दुवै प्रहरीका कर्मचारीलाई तलबसँगै रासन भत्ता उपलब्ध गराउने निर्णय गरेसँगै सहजता भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?