काठमाडौं । नेपाली कांग्रेसको आगामी महाधिवेशनको मिति नजिकिएसँगै संस्थापन इतरका नेताहरुले छलफललाई तीव्रता दिएका छन् ।
विभिन्न चरणमा बैठक बसेका संस्थापन इतरका नेताहरु सोमवार (आज) पनि बैठक बसेका छन् ।
महाराजगञ्जस्थित महामन्त्री शशांक कोइराला निवासमा जारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य डा. रामशरण महत र प्रदिप पौडेल लगायतका नेताहरुको उपस्थिती रहेको छ ।
आजको छलफलका क्रममा नेताहरुबीच आगामी महाधिवेशनको विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया