ओमानले माग्योे नेपाली कामदार

लोकपथ
721
Shares

काठमाडौं । ओमानको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । ओमानको(Remas muscat international LLC) कम्पनीले १७५ जना नेपाली पुरुष कामदारको माग गरेको हो । ओमानले क्लिनर पब्लिक बिल्डिङ र लोडिङ एन्ड अनलोडिङ वर्करका लागी १७५ जना कर्मचारीको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।

तलब खान बस्न सहित ३० हजार माथि सम्म तलब सुविधा रहेको छ । इच्छुक कामदारले को कार्यालय कोटेश्वर worldways manpower काठमाडौंमा साउन ९ र १० गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च,भिसा शुल्क र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ ।

त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?