रौतहट । रौतहट प्रहरीले सिक्सर पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत मोतिहारीग्राम बिजबनी बिहार घर बताउने २४ वर्षीय देवेन्द्र यादव लगायत तीनजना रहेका छन्।
मौलापुर नगरपालिका–५ स्थित मौलापुरदेखि कलैया जाने सडकबाट उनीहलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरी टोलीले बिआर ०५ एपि ४०१६ नम्बर र बिआर ०५ ई ६४३४ नम्बरको मोटसाइकल जाँच गर्दा बिआर ०५ एपी ४०१६ नम्बरको मोटरसाइकल चालक देवेन्द्रलाई उक्त पेस्तोलसहित फेला पारी दुवै मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया