गायत्रीले ल्याइन् तीज गित ‘सुतेर खाउली उठेर नाचौली’ (भिडियोसहित)

लोकपथ
1.5k
Shares

काठमाडौं । गायिका गायत्री थापाले तीज गित ‘सुतेर खाउली उठेर नाचौली’ सार्वजनिक गरेकी छिन् ।

लामो समयदेखि गीत लेखन र गायनमा सक्रिय गायत्रीले यसपटक पनि तीजलाई लक्षित गरेर उक्त गित ल्याएकी हुन् । गायत्रीको यसअघि बजारमा ल्याएका गितमध्ये सुनको चुरा भन्ने गीत सर्वाधिक चर्चित बनेको थियो । सुतेर खाउली उठेर नाचौलीलाई पनि आम दर्शक र स्रोताले सुनको चुरा जत्तिकै मनपराउने गायत्रीको विश्वास छ ।

गुल्मीमा जन्मेकी गायत्रीले काठमाडौंलाई कार्यक्षेत्र बनाएकी छिन् । उनी सामाजिक कार्यमा समेत संलग्न रहेकी छिन् ।

गायत्रीलाई सबैले गायिका र समाजेसेवीमा रुपमा लिने गरेका छन् । उनले आफू जन्मेको स्थानमा पनि धेरै सामाजिक काम गरेकी छिन् । गायन र समाजसेवामा सक्रिय गायत्री सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रदान गरिने जनसेवा श्री पदकबाट विभूषित भएकी छिन् । उनको यो पछिल्लो तीज गित सुतेर खाउली उठेर नाचौंलीमा स्वयं गायत्री र रामजी खाँडको स्वर रहेको छ । गीतमा करिश्मा ढकाल,सोनिया महत,विजय पुन लगायतले अभिनय गरेका छन् ।

उक्त गीतलाई शिवदर्शन फिल्मले बजारमा ल्याएको हो । शिवदर्शन फिल्मको गायत्री प्रवन्ध निर्देशक समेत रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?