भारतमा सडक दुर्घटना : ७ को मृत्यु, १० जना घाइते

लोकपथ
119
Shares

भारत । भारतको उत्तर प्रदेशमा सोमवार बिहानै भएको सडक दुर्घटनामा परी सात जनाको ज्यान गएको छ ।

उत्तर प्रदेशको प्रहरीले सोमवार बिहानै भएको सो दुर्घटनका कारण सात जनाको ज्यान गएको र अरु १० जना घाइते भएका बताएको छ ।

भारतीय उत्तर प्रदेश राज्यको साम्बाल क्षेत्रमा सो दुर्घटना भएको थियो । विपरीत दिशाबाट आइरहेका बस एक आपसमा जुध्दा सो दुर्घटना हुन पुगेको थियो । आपसमा ठोकिएकामध्येको एक बस विवाह समारोहमा पुगेर फर्किएको थियो । सोही बसमा रहेका ७ जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?