काठमाडौं । पर्सा पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अमेरिका सहनीसहित तीन जनालाई प्रहरीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ।
आइतवार राति इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले ५५ वर्षीय सहनीसहित तीन जनालाई ७९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्ने अन्य दुई जना ४० वर्षीय बलिष्टर सहनी र ५२ वर्षीय रामआदेश सहनी रहेको स्रोतले जनाएको छ ।स्रोतका अनुसार ना१ब ३५९५ नम्बरको पल्सर मोटरसाइकलमा वडाध्यक्ष अमेरिका र रामआदेश सवार थिए।
प्रहरीले सोही मोटरसाइकलको फिल्टर बक्सबाट ब्राउनसुगर फेला पारेको थियो।
ना६२प १९४२ नम्बरको मोटरसाइकलमा वडा सदस्य बलिष्टर सवार थिए।
वीरगञ्जबाट आफ्नो गाउँपालिकातर्फ गइरहेका दुबै मोटरसाइकल रोकेर चेकजाँच गर्दा ब्राउनसुगर फेला परेपछि पक्राउ गरिएको स्रोतले जनाएको छ।
उनीहरू तिनै जनालाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया