काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले आफूहरु पार्टीलाई एकताबद्ध बनाउन निरन्तर लागि परेको बताएका छन् ।
पार्टी विवादका कारण कार्यकर्ता तहबाट आइरहेका विभिन्न प्रतिक्रियाहरुको बीचमा पनि पार्टी एकताको लागि प्रयत्न कायम नै रहने प्रतिवद्धता व्यक्त गरे ।
सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्- “हामी पार्टीलाई एकताबद्ध गर्न निरन्तर प्रयत्न गरिरहेका छौँ । अनेकन प्रतिक्रियाहरूको बीचमा पनि पार्टी एकताको लागि हाम्रो प्रयत्न कायमै रहनेछ ।”
त्यसैबीच पछिल्ला दिनहरुमा देखापरेका घटनाक्रमहरुमा पनि एकताको प्रयासमा धैर्यता नगुमाउन आग्रह गर्दै भावी पुस्तालाई सबल र एकिकृत कम्युनिष्ट आन्दोलन हस्तान्तरण गर्ने प्रयत्नले सफलता पाउने विश्वास व्यक्त गरेका छन् ।
“यसबीचमा देखापर्ने विभिन्न घटनाक्रमहरुमा पनि एकताका लागि धैर्यता नगुमाऔं । पार्टी पंक्तिले एकता चाहेको छ । भावी पुस्तालाई सबल र एकीकृत कम्युनिस्ट आन्दोलन हस्तान्तरण गर्ने हाम्रो दृढ प्रयत्नले अवश्य पनि सफलता पाइ छोड्ने छ ।” उनले भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया