काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे एमाले केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
केन्द्रीय कमिटी बैठकमा साउन २५ गतेदेखि २७ गतेसम्म गर्ने भनिएको विधान अधिवेशन र पार्टीको ह्वीप विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई कारबाहीको सम्बन्धमा छलफल हुने जनाइएको छ ।
प्रधानमन्त्री देउवाले आइतवार प्रतिनिधि सभाबाट विश्वासको मत लिएका छन् । जसपा, एमालेका २२ सांसदले देउवालाई विश्वासको मत दिएका छन् । विश्वासको मतको पक्षमा मतदान गर्ने सांसद एमालेमा नरहने यस अघि नै एमालले बताइसकेको छ ।
आजको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका पार्टी ह्वीप उल्लंघन गर्ने सांसदहरुलाई के कारबाही होला अथवा नहोला भन्ने चासोको विषय बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया