काठमाडौं । नेपाल एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिदाँ फ्लोरक्रस हुनु नेकपा हुँदाकै अन्तरविरोधको निरन्तरता भएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत् फ्लोरक्रसको घटना नेकपा हुँदाकै शत्रुतापूर्ण बनेको अन्तरविरोधको निरन्तरता भएको बताएका हुन् । उनले अनुशासित र गतिशील पार्टी निर्माणमा जुट्न पनि आव्हान गरेका छन् ।
‘नेकपा हुदाँकै शत्रुतापूर्ण बनेको अन्तरविरोधको निरन्तरता हो, प्रतिनिधिसभा फ्लोरक्रसको घटना ।’ उनले भनेका छन्, ‘अनुशासित र गतिशील पार्टी निर्माणमा जुटौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया