आजको बाढी पूर्वानुमान

लोकपथ
7
Shares

काठमाडौं । आज महाकाली, कर्णाली, नारायणी, कोशीका सहायक नदीहरु भेरी, मर्स्यााङ्दी, बुढीगण्डकी, त्रिशुली, सुनकोशी नदीहरुमा बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै भोटेकोशी, तामाकोशी लगायत तिनाउ, बबई जलाधारका नदीहरुमा पनि बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान महाशाखाको रहेको छ ।

महाशाखाले तटीय क्षेत्र तथा डुवान भईरहने क्षेत्रहरूमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?