ओलीको विध्वंशकारी हर्कत पतन भयो : डा. बाबुराम भट्टराई

लोकपथ
63
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विध्वंशकारी हर्कत पतन भएको बताएका छन् ।

आईतवार संसद बैठकपछि सञ्चारकर्मीसँग बोल्दै डा. भट्टराईले ओलीको हर्कतले उनको पतन हुनु स्वभाविक भएको बताएका हुन् ।
‘ओली सरकार पतनपछि हामीले शेरबहादुर देउवाजीको नेतृत्वमा सरकारमा गएका हौँ’, डा. भट्टराईले भन्नुभयो, ‘यो एक प्रकारको ०६५,६६ पछि कांग्रेस, माओवादी र मधेशी दलको टुटेको सहकार्य फेरि जोडिएको छ ।’

यो सरकार निर्माण हुनु अहिलेको आवश्यक्ता रहेको समेत पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?