प्रतिगमनको प्वालहरु टाल्न गठबन्धन आवश्यक : दुर्गा पौडेल

लोकपथ
126
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रतिगमनको प्वालहरु टाल्नका लागि सरकारमा सहभागी दलहरुबीच गठबन्धन आवश्यक रहेको बताएकी छिन् ।

आज प्रतिनिधि सभामा बोल्दै सांसद पौडेलले सो कुरा बताएकी हुन् ।

“हरेक प्रतिगमनको प्वालहरुलाई पुर्नका लागि आवश्यक छ ।” उनले भनिन् ।

त्यस्तै सरकारलाई विश्वासको मत दिँदै राम्रो कामको लागि समर्थन र नराम्रो कामको लागि विरोध गर्दै अघि बढ्ने बताएकी छिन् ।

सरकारको राम्रो कामको समर्थन र नराम्रो कामको विरोध हामी गछौँ । सम्बोधन गर्दै उनले भनिन् ।

सम्बोधनका अन्तिममा उनले देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने प्रतिवद्दतासहित पूर्ण सफलताको कामना समेत गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?