देउवालाई लिङदेनको शुभकामना : ‘राम्रो नसके नराम्रो काम पनि नगर्नुस्’

लोकपथ
1.2k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङदेनले देउवा नेतृत्वको सरकारलाई बधाई दिएका छन् ।

आज प्रतितिधि सभामा बोल्दै सांसद लिङदेनले देउवा नेतृत्वको सरकारलाई राम्रो काम गर्न नसकेपनि नराम्रो काम नगर्नका लागि आग्रह गरेका हुन् ।

“धेरै राम्रो काम गर्न नसकेपनि नराम्रो काम गर्ननुस् ।” उनले भने ।

त्यस्तै दुई तिहाइको सरकारले केहि गर्न नसकेको अवस्थमा अदालतको परमादेशले बनेको सरकारले केहि गर्छ भन्ने आस नभएको दाबी गरे ।

दुई तिहाइको सरकारले केहि गर्न नसकेको अवस्थमा अहिलेको केहि आश नगरेको बताए ।

साथै उनले बालुवाटारलाई पार्टी कार्यालय जस्तो बनाएर बैठक नराख्न आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?