काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य मिनेन्द्र रिजालले लोकतन्त्र र संविधानवाद विजयी भएको बताएका छन्।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रिजालले केपी शर्मा ओलीको अहंकारले पराजय भोगेर नेपालमा लोकतन्त्र र संविधानवाद विजयी भएको बताए ।
संविधानवादलाई विजयी गराएकोमा सर्वोच्च अदालतप्रति सम्मान समेत उनले व्यक्त गरे।
उनले भने,”अहंकारको भाव सुनियो । सत्य एउटै हुन्छ । सत्य मैले देख्या छु भन्ने भाव । त्यो सत्य देख्या छु सत्य एउटै हुन्छ भन्ने एकाधिकार जनाउने प्रवृत्ति आज परास्त भएको छ । लोकतन्त्र विजयी भएको छ । संविधानवाद विजय भएको छ । त्यसैले संसदले सम्मान व्यक्त गर्नुपर्दछ अदालतका लागि । अदालतलाई यो काम गरेकोमा । अहिलेपनि हामीहरु आफ्ना सीमाहरुलाई नर्बिसौँ ।”
उनले केपी शर्मा ओलीले हिजो प्रचण्ड र माधव नेपाललाई देखाएर दुई तिहाईको मत देखाएको भएपनि अहिले उनैविरुद्ध आक्रमण गरेको बताए । ओलीले अदालतमाथिनै आक्रमण गरेको पनि उनले बताए ।
उनले भने,”संविधानलाई पांग्रा भत्काउँदै आफ्ना पक्षमा प्रयोग गर्दा सबै ठिक हुने । संविधानले आफुलाई छेउमा लगाइदियो भने गलत हुने । हिजो दुई तिहाई भन्दा पुष्पकमल दाहाल प्रचण्डको अनुहार देखाएर दुईतिहाई हुने, माधवकुमार नेपालको पनि अनुहार देखाएर दुई तिहाई हुने । आज उनको सम्मान गर्न नसक्दा । अनि यो अवस्था ब्यहोरेपछि अनि उहाँहरु माथिकै आक्रमण । त्यतिले नपुगेर, अदालतका माथि आक्रमण।”
ओली सरकारले विगत डेढ वर्षदेखि नेपाली जनताको स्वास्थ्यमाथि खेलवाड गरेको सांसद रिजालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया