भस्मासुर प्रवृतिले आधा गिलास पनि पोख्यो : डा. बाबुराम भट्टराई

लोकपथ
1.5k
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान आधा गिलास भए पनि आफूहरु बचाउन लागि परेको बताएका छन् ।

आइतवार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै डा. भट्टराईले त्यस्तो बताएका हुन् । त्यही आधा गिलासलाई बचाउँदै बाँकी आधा गिलास खोज्न आफ्नो पार्टी लागि परेको उनको भनाइ छ ।

उनले भने–”हामी यो आधा गिलासलाई बचाएर बाँकी आधा गिलास भर्न चाहान्थेउ । तर यहाँका भस्मासुर प्रवृतिले यो आधा गिलासलाई पनि घोप्टायो । खाली गर्यो । त्यसैले हामीले कमसेकम यो आधा गिलास त फिर्ता गरौँ भनेर लडेका हौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?