काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् ।
आज प्रतिनिधि सभामा बोल्दै अध्यक्ष ठाकुरले सो कुरा बताएका हुन् । तर आफूहरुले प्रधानमन्त्रीमा समर्थन गर्दैगर्दा आफूहरु प्रताडित भइरहेको बताए ।
उनले भने । “जुन प्रस्ताव राख्नुभएको छ हामी मत दिन्छौँ । तर मेरो निवेदन के हो भने । जब जब प्रधानमन्त्रीको निर्वाचन आउँछ हामी हाम्रो पार्टीलाई उत्पीडित र प्रताडित हुन्छौँ ।”
त्यस्तै शेरबहादुर देउवा जनताको आदेशले भन्दा पनि परमादेशले प्रधानमन्त्री बनेको बताए ।
“प्रधानमन्त्री परमादेशले बन्नुभएको हो । उहाँ जनताको आदेशले बनेको होइन ।” उनले भने ।
संसदमा बोल्दै उनले पूर्व प्रधानमन्त्री केपी शमर्का ओलीले आफूहरुको मुद्दा उठाइदिएको भन्दै धन्यवाद समेत दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया