शेरबहादुर देउवा परमादेशले प्रधानमन्त्री बनेका हुन् : महन्थ ठाकुर

लोकपथ
0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुरले शेरबहादुर देउवा जनताको मतले प्रधानमन्त्री नभएको बताएका छन् ।

आइतवार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले त्यस्तो बताएका हुन् । उनले भने–”वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्री बन्नु भएको हो । जनताको मतले होइन ।”

त्यस्तै अध्यक्ष ठाकुरले वर्तमान प्रधानमन्त्रीलाई आफ्नो पार्टीले विश्वासको मत दिने निर्णय गरेको समेत जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?