ढाड र मेरुदण्ड दुख्न नदिने योग आसन (भिडियो सहित)

लोकपथ
923
Shares

उमेर बढ्दै जाँदा मेरुदण्ड र ढाड दुख्ने समस्या धेरैमा देखिने गर्छ । तर अहिले बृद्धबृद्धामा मात्र नभएर युवापुस्तामा पनि ढाड र मेरुदण्ड दुख्ने समस्याहरू देखा पर्न थालेको छ ।

ढाड र मेरुदण्ड दुख्ने समस्याका कारण धेरै हुन्छन् जसमा मुख्यरुपमा भन्नुपर्दा एकै स्थितिमा रहेर लामो समयसम्म काम गर्ने, एक्कासि गह्रुङ्गो भारी उठाउने, सुत्ने डस्नामा आएको परिवर्तन लगायत धेरै रहेको छ ।

ढाड र मेरुदण्ड दुख्ने समस्या भएका र यस्तो किसिमको समस्या हुन सक्ने सम्भावना भएका व्यक्तिहरूले पहिले देखिनै योगमा रहेको अति नै सरल आसनलाई नियमित रूपमा गर्ने हो भने ढाड र मेरुदण्ड दुख्ने समस्यालाई धेरै कम गर्न सकिन्छ ।

घरमै योग अन्तर्गतको साताैं शृङ्खलामा ढाड र मेरुदण्डमा समस्या आउन नदिने सरल योग आसन लिएर यो भिडियोमा पतञ्जलि योग समिति नेपालका योग गुरु लोकनाथ खनाल उपस्थित हुनु भएको छ ।

भिडियो हेर्नुहोला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?