प्रतिनिधि सभाको पहिलो चरणको बैठक : के-के भयो ?

लोकपथ
126
Shares

काठमाडौं । प्रतिनिधि सभाको आइतवारको बैठकमा सरकारको तर्फबाट विभिन्न अध्यादेशहरु पेश भएका छन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शपथ सम्बन्धी अध्यादेश २०७८ पेश गरे ।

त्यस्तै प्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको तर्फबाट रेल्वे अध्यादेश २०७८ पेश गरे भने प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री देउवाको तर्फबाट मन्त्री कार्कीले औषधि(तेस्रो संशोधन) अध्यादेश २०७८, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी(पहिलो संशोधन) अध्यादेश २०७८ पेश गरे ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले सामाजिक सुरक्षा(पहिलो संशोधन) अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय)(पहिलो संशोधन) अध्यादेश २०७८, तजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन)अध्यादेश २०७८ र नेपाल नागरिकता(पहिलो संशोधन) अध्यादेश २०७८ पेश गर्नुभयो । त्यसैगरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) अध्यादेश २०७७, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ पेश गरेका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ पेश गरेका छन् ।

प्रतिनिधि सभाको आइतवार बसेको बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आव्हान सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउनुभएको थियो भने राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरुको व्यहोरा पनि सभामुखले पढेर सुनाएका थिए । त्यस्तै, प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम(१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको नाम सभामुखले पढेर सुनाउनुभयो ।

आइतबारको पहिलो बैठकमा संविधान सभा तथा प्रतिनिधि सभाका पूर्व सदस्यहरुको निधनप्रति शोक प्रस्ताव पनि पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?