काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले इतिहास दोहोरिएको बताएका छन् ।
आइतवार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद ज्ञवालीले त्यस्तो बताएका हुन् । उनले भने–”भनिन्छ इतिहास दुई चोटी दोहोरिन्छ । पहिले दुखान्तको रुपमा दोस्रो चोटि विद्रुप भएर पर्हसनको रुपमा । आज कताकता मलाई त्यो इतिहासको स्मरण भइरहेको छ ।”
सर्वोच्च अदालतको परमादेशअनुसार आइतबारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको बैठक आव्हान गरेकी थिइन् । आजको बैैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया