काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।
जसपाको महन्थ पक्षले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णय भएको सांसद उमाशंकर अरगरियाले लोकपथलाई जानकारी दिए ।
“प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको आग्रह अनुसार विश्वासको मत दिन लागेका हौँ ।” उनले भने ।
यता जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्य डा. सुरेन्द्र झाले देउवालाई विश्वासको मत दिने बताए । महन्थ पक्षका नेता झाले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टी एमालेलाई मिलाउन नसकेको अवस्थामा उनको पछि लाग्नु उपयुक्त नहुने उनको भनाइ रहेको छ ।
आज प्रधानमन्त्री देउवाले ठाकुरलाई विश्वासको मत दिन अनुरोध गर्दै पत्र पठाएका थिए ।
त्यस्तै उपेन्द्र यादव पक्षको आज बसेको संसदीय दलको बैठकबाट १९ जना सांसदहरुले विश्वासको मत प्राप्त दिने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया