काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय २३ जनाको पीसीआर र ५ सय ७८ जनाको एन्टीजेन पोजेटिभ आएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५ सय ५० पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ६ सय २८ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या जन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा ६ लाख ३२ हजार ७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप १ हजार ६ सय ६७ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं थप ३२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा २ सय ३४, भक्तपुरमा ३६ र ललितपुरमा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया